अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा
सारांश
- काठमाडौ फागुन १०।
- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पुनः निर्वाचित भएका छन् ।
- प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौ फागुन १०। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पुनः निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका छन् । राणाले अन्तिम समयमा आएर थापाविरुद्व उम्मेद्वारी दर्ता गराएका थिए ।
तीन हजार दुई सय ८७ प्रतिनिधिमध्ये ३ हजार १ सय २६ जनाले मतदान गरेको राप्रपाले जनाएको छ । यसमध्ये ८१ मत बदर भएको थियो ।
फागुन ६ गतेबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका मतदान भने भोलि विहान ७ बजेबाट जनाइएको छ ।
९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया