करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३४ पटक हेरिएको
Shares
करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान

सारांश

  • दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् ।
  • शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान भएका हुन् ।
  • महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।

दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान भएका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो । अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अग्रवाल केही समय अघि बैंक तथा मिटरब्याजीको ऋण तिर्न नसकेर परिवारसहित भागेर भारत पुगेका थिए । तर त्यसको केही समयपछि अमित अग्रवाल नेपाल फर्किएर पत्रकार सम्मेलन गर्दै सबैको ऋण चुक्ता गर्ने समेत बताएका थिए । त्यसको केही समयपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?