सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

सारांश

  • काठमाडाैं ।
  • सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज फेरि मतदान हुने भएको छ ।
  • बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत सङ्ख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो ।

काठमाडाैं ।सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज फेरि मतदान हुने भएको छ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत सङ्ख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान ११ः०० बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिनुभएको थियो । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो । तर, सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र काँग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।रावललाई काँग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?