सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ २५ ।
  • बलिउड स्टार सलमान खानले आफूलाई स्वागत गर्नका लागि सबै नेपालीलाई आग्रह गरेका छन् ।
  • ‘दबंग द टुर’ अन्तर्गत सलमान फागुन २६ गते नेपाल आउँदैछन् ।

काठमाडौं, माघ २५ । बलिउड स्टार सलमान खानले आफूलाई स्वागत गर्नका लागि सबै नेपालीलाई आग्रह गरेका छन् । ‘दबंग द टुर’ अन्तर्गत सलमान फागुन २६ गते नेपाल आउँदैछन् ।

सलमानले ट्वीटरमार्फत ‘नेपाल अब आपकी बारी स्वाग से स्वागत नही करोगे हमारी’ भन्दै स्टाटस लेखेका छन् ।

ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमानको कार्यक्रम हेर्नका लागि २ हजारदेखि १० हजार रुपैयाँसम्म टिकट मूल्य तोकिएको छ ।

१० मार्च अर्थात् फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ मा सलमानसंगै अभिनेता, निर्देशक प्रभु देवा, नायिकाहरु सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन रहने छन् ।

त्यसैगरी मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।

कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । २३ वर्षअघि नेपाल आएका सलमानले आफू नेपाल आउन उत्साही भएको प्रतिक्रिया यसअघि नै दिएका छन् । केही दिनअघि उनका भाइ सोहेल काठमाडौं आएर कार्यक्रमबारे बुझेका थिए ।

‘बिइङ ह्युमन’ भन्दै सलमानले आफ्नो कम्पनीमार्फन असहायलाई सघाउन विश्वभरमै दबंग टुर गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?