प्रचण्ड विवाहमा किन निराश देखिइन् दुलही सीता !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रचण्ड विवाहमा किन निराश देखिइन् दुलही सीता !

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र सीता दाहालले पञ्चेबाजा बजाएर पुनः विवाह गरेका छन्।
  • विवाहको उत्सवमा खुसीयाली हुनुपर्ने तर, प्रचण्ड पत्नी सीता भने निराश देखिएकी थिइन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र सीता दाहालले पञ्चेबाजा बजाएर पुनः विवाह गरेका छन्। विवाहको उत्सवमा खुसीयाली हुनुपर्ने तर, प्रचण्ड पत्नी सीता भने निराश देखिएकी थिइन् । पहिलो विवाह जस्तैगरी पञ्चे बाजा बजाउँदै दुलाहाले कोर्ट पाइन्ट र दुलहीले रातो पहिरन, सिन्दूरमा सजिएकी थिइन् ।

रातो पहिरनमा सजिएकी सीता त्यति खुसी भने देखिएकी छैनन् । दाहालको एक मात्र पुत्र प्रकाशको करिब डेढ बर्षअघि निधन भएको थियो। छोराको निधनपछि दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । उपचारपछि केही सुधार भएको बताइएको छ ।

दाहालले विवाह गरेको ५० औं बर्ष पुगेको अवसरमा दाहालले बिहिबार एक कार्यक्रमका साथ सीतासँगै सँगै पञ्चे बाजा बजाएर विवाह गरेका हुन्।

प्रचण्डपत्नी सीता बिरामी पनि भएका कारण र छोराको निधनपछि पुत्रशोकका कारण निराश देखिएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई आफ्ना छोरीहरुले साथ दिएका थिए । पञ्चेबाजा बजाउँदै केक काटेर दुबोको माला लगाउँदै विवाह सम्पन्न भएको छ ।

विवाहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव विवाह कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?