भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २३, २०७७
|
|
२४ पटक हेरिएको
Shares
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ

सारांश

  • भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ ।
  • विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायर समेत भएको छ ।
  • सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ ।

भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायर समेत भएको छ ।

सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ । लगत्तै उक्त क्षेत्रमा तनाव बढेको छ । चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पार गरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतीय सेनाले भने चीनको आरोपबारे कुनै प्रतिक्रिया नदिएको इन्डियन एक्सप्रेसले जनाएको छ । चिनियाँ पक्षले यसलाई उत्तेजित पार्ने गतिविधि भनेको छ ।

दुई देशबीच सीमामा तनाव हुन नदिन सैन्य तथा राजनीतिक तहमा समेत वार्ता भएको छ । यस्तो अवस्थामा पनि विवाद बढेको छ |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?