सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

सारांश

  • रत्ननगर, चितवन, २६ चैत , चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ ।
  • रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो ।
  • भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताउनुभयो ।

रत्ननगर, चितवन, २६ चैत , चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ ।

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताउनुभयो ।

सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा खनालले भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो । नगरपालिका–१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घर भत्काइएको नगरपालिकाले जनाएको छ ।

दश महिनाको अवधिमा ३० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको नगरपालिकाले जनाएको छ । असारमा रत्ननगर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो ।

विभिन्न व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यवाहक नगर प्रमुख विमला दुवाडीले बताउनुभयो । नगरपालिकाले सौराहाचोकबाट उत्तरतर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माणको काम शुरु गरिसकेको छ ।
–––

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?