नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

सारांश

  • काठमाडौँ।
  • जबरजस्तीकरणी गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले पक्राउ गरेको छ ।
  • वडा नम्बर २ कि एक नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ। जबरजस्तीकरणी गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नम्बर २ कि एक नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिगलाई घरमा बोलाएर जबर्जस्तीकरणी गरेको को आरोपमा गत २०७९ आश्विन २५ गते मङ्गलवार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार हुनुहुन्थ्यो ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उहाँ आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्तीकरणी गरेको जाहेरी किशोरीले दिएकी थिइन ।श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Cont Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?