सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष

सारांश

  • काठमाडौं, १ जेठ ।
  • सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ ।
  • महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो ।

काठमाडौं, १ जेठ । सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ ।

महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो ।

काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, अहिलेसम्म फाइल त्यहीँ अड्किएको छ ।

नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले आफूलाई आईजीपी बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदाललमा रिट दायर गरेका थिए । त्यसका लागि उनले पेश गरेको कार्यसम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरेको आरोप छ ।

सरकार र सिलवालले पेश गरेको कासमु फरक परेपछि सर्वोच्चले छानविन गर्न आदेश दिएको थियो । लगत्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले अभियोग दर्ता गर्दै सिलवालविरुद्ध पक्राउ पूर्जी पनि जारी गर्‍यो ।

सरकारी वकिल कार्यालयबाटै मुद्दा नचल्ने निष्कर्ष निकाल्दै ‘क्लिन चिट’ दिने विकल्प पनि थियो तर, प्रहरीबाटै त्यो काम गराएर सेफ ल्यान्डिङ गर्न खोजिएको देखिएको स्रोतका दाबी छ

तर, सिलवालले डीआईजीबाट अवकाश पाएर एमालेबाट ललितपुर(१ मा चुनाव जितिसकेका थिए ।

शेरबहादुर देउवा सरकारको अन्तिम दिनहरुमा सिलवालविरुद्ध मुद्दा दर्ताको प्रयास पनि भयो । तर, सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको मिसिल अघि बढाएन ।

अहिले एमाले नेतृत्वको सरकारले आफ्ना सांसद समेत रहेका सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी गरेको छ । त्यसकै लागि पुनः प्रहरी समक्ष ‘फेरि अनुसन्धान गर्नू’ भन्ने व्यहोरासहित प्रतिवेदन फिर्ता पठाउन लागिएको स्रोतको दाबी छ ।

सिलवालले भने कासमु कीर्ते नगरेको र आफूलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन् ।

(Clonazepam/a>)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?