कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन

सारांश

  • धनगढी।
  • सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ ।
  • दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ।

धनगढी। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ।

सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले बताए। सङ्क्रमितका परिवारका सदस्याको नमूना सङ्कलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना सङ्कलन गरिएको थिएन। सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को जानकारी आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ।

नेपाल सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि फिर्ता भएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
जिप दुर्घटनामा चालकको मृत्यु
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर
अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?