जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
सारांश
- जुम्ला, १९ असार।
- जुम्लामा शनिबारदेखि अनसन बसेका डा केसीको समर्थनमा जुलुश प्रदर्शन हुन थालेका छन् ।
- यसैक्रममा उनको अनसनरत जिल्ला जुम्लामा मंगलबार हथ्कडीसहितको नाङ्गो जुलुश निकालिएको छ ।
जुम्ला, १९ असार। जुम्लामा शनिबारदेखि अनसन बसेका डा केसीको समर्थनमा जुलुश प्रदर्शन हुन थालेका छन् ।
यसैक्रममा उनको अनसनरत जिल्ला जुम्लामा मंगलबार हथ्कडीसहितको नाङ्गो जुलुश निकालिएको छ । केसीको अनशनको समर्थनमा निकालिएको जुलुशमा उनका शुभचिन्तकसहित चिकित्सकहरुको समेत सहभागी रहेको थियो ।
हथ्कडीसहितको नाङ्गो जुलुश निकालिन थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सम्भावित झडप तथा दुर्घटना हुन नदिन सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । साथै केही स्थानलाई निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।
डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तयारी भएको थियो । तर प्रशासनले बस्न नदिएपछि पानी चुहिने कभर्ड हलमा उनको अनसन जारी छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उनको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गरेको छ । उनलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको पार्टीले ठहर गरेको छ ।
प्रतिक्रिया