‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
सारांश
- कपिलवस्तु, चन्द्रौटा जेठ १६- कपिलवस्तुको विजयनगरमा संचालन भएको ५ दिने आधारभुत पत्रकारिता तालिम सकिएको छ ।
- विजयनगर गाउपालिकाको सहयोग, विजयनगर समाजको आयोजनानामा भएको तालिममा ७ वटा वडाका २१ जनाको सहभागिता थियो ।
- कार्यक्रममा वोल्दै विजयनगर गाउपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँपालिका संचारमैत्री बन्न चाहेको र समृद्ध बनाउनको लागि पत्रकारकोे अहं भूमीका रहेको वताइन् ।
कपिलवस्तु, चन्द्रौटा जेठ १६- कपिलवस्तुको विजयनगरमा संचालन भएको ५ दिने आधारभुत पत्रकारिता तालिम सकिएको छ । विजयनगर गाउपालिकाको सहयोग, विजयनगर समाजको आयोजनानामा भएको तालिममा ७ वटा वडाका २१ जनाको सहभागिता थियो ।
कार्यक्रममा वोल्दै विजयनगर गाउपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँपालिका संचारमैत्री बन्न चाहेको र समृद्ध बनाउनको लागि पत्रकारकोे अहं भूमीका रहेको वताइन् । चौधरीले तालिम पश्चात पत्रकारहरुले गाउपालिकाका राम्रा कामहरुलाई राष्ट्रिय स्तरमा पुर्याउने, गलत कामलाई खवरदारी गर्नुपर्ने बताइन ।
कार्यक्रममा वोल्दै सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश उपाध्यक्ष राजु खरालले संचारकर्मीमा निडर र क्षमतावान हुनुपर्नेमा जोड दिए । पत्रकार स्वतन्त्र भएर काम गर्न पाउने अधिकार रहेकोले सधै अनुसन्धानमुलक समाचार खोजी गर्नुपर्ने धारण राखे । वर्तमान समयमा मुख्यः सामुदायिक रेडियोहरुले जनतासम्म सुचना तथा समाचार पर्याउने गरेकोले यसलाई स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्रमा वितरण गर्दै विजयनगर समाजका अध्यक्ष रामप्रघट कोरी यस क्षेत्रमा लुकेर रहेको कार्यहरुलाई जनता समक्ष ल्याउन सहभागीहरुलाई आग्रह गरे । विजयनगर समाजका अध्यक्ष रामप्रघट कोरीको अध्यक्षतामा, विजयनगर गाउपालिका उपाध्यक्ष लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता, सामुदायीक रेडियो प्रशारक संघ प्रदेश उपाध्यक्ष राजु खराल, नेपाल पत्रकार महासंघ पूर्व केन्दीय सदस्य निशा विश्वकर्मा लगाएत अन्य संचारकर्मीहरुको सहभागिता थियो ।
प्रतिक्रिया