दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
२०
|
२५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि

सारांश

  •  ७ साउन।
  • बि एण्ड सि शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले अाफ्नाे गल्ती स्वीकारेका छन् ।
  • साेमबार प्रेस विज्ञप्ति निकाल्दै प्रसाईले अाफ्नाे  गल्ती स्वीकारी माफि मागेका हुन् ।

 ७ साउन। बि एण्ड सि शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले अाफ्नाे गल्ती स्वीकारेका छन् ।

साेमबार प्रेस विज्ञप्ति निकाल्दै प्रसाईले अाफ्नाे  गल्ती स्वीकारी माफि मागेका हुन् ।

उनले बाहिर आएका अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए माफी  दिन अाग्रह गरेका छन् । यद्यपी पछिल्लो समय बंगलादेशमा अध्ययन गर्ने छात्राहरुका विषयमा बोलेको कुरा अतिरञ्जित गरीएको  उनकाे आरोप छ ।

उनले भनेका छन्, ‘डेढ बर्ष पहिले बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र विचारहरुले कसैको व्यक्तिगत र सामाजिक इज्जत प्रतिष्ठामा आँच पूर्याउन खोज्ने आशय मेरो अन्र्तमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु । बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु ।’ 

विज्ञप्ति

आदरणीय पत्रकार बन्धुहरु, बिगत ४ बर्ष देखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिबारको लगानीमा संचालित बि एण्ड सि शिक्षण अस्पताल मार्फत हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्ब बिदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पुरा गरेर मेची अञ्चलका आवश्यकताहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन खोजिएको बि एण्ड सि मेडिकल कलेजलाई बिबिध अवरोध हुँदा सूदुर पूर्वका आम गरिव दुखी बिपन्न जनताका छोराछोरीहरु डाक्टर बन्न पाउने अवसरलाई रोक्ने काम भईरहेको यहाँहरुलाई अबगत नै छ ।

मैले नेपाल राज्यको संविधान र कानून प्रदत्त अधिकार अनुसार नै मूलुक भित्र ब्यवसाय गरेर जनतालाई सेवा दिन पाउने नागरिक अधिकारको उपभोग गर्दै देश प्रतिको नागरिक उत्तरदायित्व निभाउने प्रयास गरिरहेको छु । स्वतन्त्रता पूर्वक आफ्नो अभिब्यक्ति राख्न पाउने नागरिक अधिकार अनुसार नै म र मेरो व्यवशायसंग जोडिएका बिषयहरुमा मैले आफ्ना तर्कहरु राख्ने गरेको छु । तर तत्कालिन अबस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर ब्यक्त गरिएका मेरा भनाइहरुलाई तोडमोड गरेर केही दिन देखि केही मिडिया र सामाजिक सञ्जालहरुमा मेरो विचार तथा तर्कहरुलाई दूरुपयोग र अतिरञ्जित गर्ने काम भईरहेकोमा मेरो गम्भिर आपत्ति छ ।

यो बीचमा म र मेरो परिबारको चरित्र हत्या गर्ने, मैले संविधान र कानुन सम्मत प्रयोग गरिरहेको नैसर्गिक अधिकारमा धावा बोल्ने, देशको नियम र कानुन बमोजिम तोकीएको मापदण्डमा रहेर ब्यापार ब्यबसाय गर्नुलाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मान मर्दन हुने गरि नाना प्रकारका आरोपहरु संगठित रुपमा कुप्रचार भईरहेका छन् । यहाँहरुलाई सर्बबिदितै छ, मेडिकल शिक्षाका नाममा हाल देशमा अनाबश्यक राजनीतिक स्वार्थ सांध्ने काम भै रहेको छ । ठिक यहि मेसोमा धमिलो पानीमा माछा मार्ने समूहहरु संगठित रुपमा मेरो नैसर्गिक अधिकार माथि धावा बोलिरहेका छन् ।

कानूनी राज्यमा ढिलो चाडो त्यस्ता समुहहरुको पहिचान हुने नै छ, कुनै पनि नागरिकको नैसर्गिक अधिकारमाथि आक्रमण गर्ने त्यस्ता समुहहरु कानून बमोजिम दण्डको भागिदार हुने नै छन् र सत्य सेवा भावको मेरो सत्प्रयासमा न्यायको ढोका खुल्नेमा आशाबादी समेत छु । डेढ बर्ष अघि मैले मेरो आफ्नो अनुभबको आधारमा स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययन गर्ने अवसर नपाएर बिदेशमा पढ्न जान बाध्य नेपालीहरुको दुःख र सास्तीको बिषयको सूचनाहरुको सत्य तथ्य पत्ता लगाउनु पर्छ र त्यस्तो करुणादायी अवस्था छ भने हाम्रा नेपालका छोरा छोरीहरुको पीडामा न्याय दिनुपर्छ भनेर चिन्ता ब्यक्त गरेको बिषयलाई केहि दिन यता डेढ बर्ष अघि भनिएको पुरै अभिव्यक्तिलाई नै नराखि काँटछाट र तोडमोड गरेर बेमौसमि बाजा बजाउँदै अतिरञ्जित र बिषयको संवेदनशीलतालाई दूरुपयोग गर्ने काम भईरहेको छ ।

मैले कतिपय परिस्थितीमा बिशिष्ट घटनाहरुको बिषयमा बोलेका कुरालाई सूचना प्रबिधिको दुरुपयोग गर्दै सामान्यिकरण गरेर मेरो तेजोबध गर्ने कुराले म कुनै पनि हालतमा मेरो सत्यपथबाट बिचलित हुने छैन किनकी म देश, जनता र सत्कर्मलाई सँधै मध्यनजर गर्दै सम्मान गर्ने गर्दछु ।

मेची अञ्चलका २९ लाख आम जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने अभियानमा म मेरो ब्यक्तिगत क्षमता र बुताले भ्याए सम्म निरन्तर रुपमा लागि रहनेछु । अन्त्यमा, मैले बिभिन्न समयमा बिशिष्ठ र निश्चित घटनाका आधारमा बोलिएका कुराहरुको रुपमा लिईदिनुहुन, बिषयलाई समग्रतामा बुझिदिनुहुन र ब्यक्तिगत रुपमा नलिइदिनुहुन सरोकारवाला र आम सर्बसाधारणमा हार्दिक अपिल गर्दछु । साथै कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत प्रतिष्ठामा आँच पूर्याउन खोज्ने आशय मेरो अन्र्तमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु ।

बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु । देश, जनता र स्वास्थ्य शिक्षाकै पक्षमा लागिरहेको मेरो प्रयास र यथार्थतामा सबैले साथ दिनु नै हुनेछ भन्नेमा बिश्वस्त छु । धन्यबाद ।

भवदीय, दुर्गा प्रसाई

कार्यकारी निर्देशक

बि एण्ड सि टिचिङ्ग अस्पताल

अनारमनि, झापा

६ श्रावण, २०७५

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Yogesh Bhattrai

    मुखबाट निस्केको बोली र बन्दुक बाट निस्केको गोली फर्किन्छ र

    Comment Author

    Ganesh Khadka

    Good

    Comment Author

    Santosh Kumar

    माफि मागेर हुन्छ तलाई त सिधै माथि पुर्याईदिनु पर्ने हो

    Comment Author

    Rudra Baral

    डिमागी हालत ठिक नभको जस्तो

    Comment Author

    Janakraj Pandey

    Aab jel ma bhayaka sabai lai begypti nekaldai mafi magaudai jel kyali gari denu paryo aab yahi kanun rajy?

    Comment Author

    Shambhu Man Dongol

    Atiranjit kasle garyo mantri le ho?

    Comment Author

    Nurjung Kc

    यो सुगुरलाइ करेन्ट लगाइ दिनु पर्छ।

    Comment Author

    Bed Nath Neupane

    लाज हुदैन रहेछ नि यस्लाइ?जथाभावी बोल्यो अनि माफी माग्यो,यस्तै हो भने यस्लै भन्नै नहुने गाली गरेर माफी माग्दा हुन्छ र?

      Comment Author

      Khemraj Dhungana

      सधैंको लागि नांगिएपछि
      के लाज के माफी !
      दम्भले नागरिकको अपमान हुँदैछ

    Comment Author

    Ananda Bajracharya

    बंगलादेशमा पढिरहेका सबै दिदीबहिनीहरु मिलेर साले प्रसाइको मुखै पिसब पिलाइ दिनु पर्छ।

    Comment Author

    Anish Bajracharya

    mafhi magera matrai sabai thik hune ho vene jail ma vako sab kaidile ni mafi magera niske hunchha. natra yesta lai jail nai halnu parchha.

    Comment Author

    Nabin Prasad Adhikari

    हैट…माफी माग्दा पनि मुठ्ठी कसेर उफ्रिएका छन त देख्दै डरलाग्दो

    Comment Author

    Jyoti Shrestha

    Yo mc lai fasi dinu par6

    Comment Author

    Ang Tsering Sherpa Garja

    यो मुला पनि मान्छे चाँही फटाहा नै रैछ।

    Comment Author

    Sher Bista

    बोल्नै बेलामा आखा देखेन अहिले नाटक गर्छ गोरु

    Comment Author

    Rajendra Karki

    Yes lai mafi hoina Chala kadhna pugena .Marshi dhupaure.

    Comment Author

    रमेश खड्का

    यो साला भर्स्ट हो एस्लाइ कुनैपनी हालतमा कार्बाहि हुनुपर्छ तर गर्ने कस्ले हाम्रो देशको नेताहरु नै एस्को गोठालो छ्न सायद एस्लाइ कार्बाही हुदैन एक छाक खानामा नेता बिक्रि भैसके अब

    Comment Author

    Narbahadur Gharti

    साले प्रचण्डका कुकुर लाज भन्ने त कुकुरलाई पटकै छैन रहेछ

    Comment Author

    Ajit Sharma

    बि एन्ड सि मा छाेरी पढाउने सावधान अाठ क्लास देखि गुरु चुट्ने अपराधि मानशिकता भयकाे केटाे मेनेजिंग डाईरेक्टर भयकाे ठाउँ जस्लाई थाह पनि रहेछ सर्टिफिकेट र याैन साटिन्छ भन्ने तेहाँ केटाकेटी कसरी सुरक्षीत रहलान ?

    Comment Author

    Manish Aryal

    psychiatric doctor of B&C hospital please take care of him

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !

तपाईंले छुटाउनुभयो कि?