विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार

सारांश

  • फिफा विश्वकप फुटबल पृथ्वीका सबै कुनामा हेरिने प्रतियोगिता हो।
  • सन् २०१४ मा मात्रै तीन बिलियन मानिसहरुले फिफा विश्वकप हेरेका थिए।
  • सोही कारण विश्वकपलाई प्रायोजन गर्न कम्पनीहरुले अर्बौ रुपैयाँ खर्चिन्छन्।

फिफा विश्वकप फुटबल पृथ्वीका सबै कुनामा हेरिने प्रतियोगिता हो। सन् २०१४ मा मात्रै तीन बिलियन मानिसहरुले फिफा विश्वकप हेरेका थिए।

सोही कारण विश्वकपलाई प्रायोजन गर्न कम्पनीहरुले अर्बौ रुपैयाँ खर्चिन्छन्। जारी विश्वकपबाट फिफाले मार्केटिङबाट १.६ बिलियन डलर पैसा कमाउने लक्ष्य राखेको छ। अर्बौ खर्चने कम्पनीहरुले पनि विश्वकपलाई बढी भन्दा बढी प्रचारप्रसारको माध्यम बनाएका छन्।Brazil's soccer player Willian enters a plane to depart for the Russia World Cup tournament, at Tom Jobim International Airport in Rio de Janeiro, Brazil, Sunday, May 27, 2018. (AP Photo/Leo Correa)

विश्वकपमा प्रायः कम्पनीहरुको प्रायोजक शैली आफ्नो लागोसहितका होर्डिङहरुको प्रयोग गर्नु देखिएको छ। तर अाइफाेन, म्याकबुककाे उत्पादक एप्पल भने भिन्न छ। उसले विश्वकपमा प्रयाेजन गरेकाे छैन। पैसा तिरेकाे पनि छैन। र विश्वभरिका उत्कृष्ट फुटबल खेलाडीहरू एप्पलकै उत्पादनकाे प्रचार गरिरहेछन्।Soccer Football - World Cup - Belgium Arrival - Sheremetyevo International Airport, Moscow, Russia - June 13, 2018   Belgium's Romelu Lukaku during the arrival in Moscow   REUTERS/Tatyana Makeyeva - RC19673CC520

कसरी यस्ताे भइरहेकाे छ त?

याे विश्वकपमा विश्वभरिका खेलाडीहरुले एप्पलका एअरपोड्स, तारविहीन इअरबुट्स र हेडफोनको अत्यधिक प्रयोग गरेको छन्। विश्वकप खेल्न आउँदा, खेलपूर्व, खेलपछि र घर फर्कदा पनि एप्पलका ती सामाग्रीहरुले खेलाडीमाथि राज गरिरहेका प्रशस्त तस्विर एवं भिडियाे सार्वजनिक भएका छन्।

जुन फिफाको मार्केटिङ नीति विपरित पनि हो। यस्ता कार्यलाई फिफाले ‘एम्बुस मार्केटिङ’ अन्तर्गत राखेको छ। जसअन्तर्गत विश्वकपलाई प्रायोजन नगरेका कम्पनीहरुका सामाग्रीहरु खेल सुरु हुनु अघि या भइरहेका बखत खेलाडीहरुले प्रयोग गर्न पाउँदैनन्। सोही कारण प्रतियोगिता अवधिभर कुनै पनि खेलाडीले फिफालाई प्रायोजन नगरेका कम्पनीका लोगोयुक्त सामाग्रीको प्रयोग गर्दैनन्।Cristiano Ronaldo, center top, and his teammates disembark the plane as the Portugal national soccer team arrive at Zhukovsky international airport outside Moscow, Russia, Saturday, June 9, 2018 to compete in the 2018 World Cup in Russia. The 21st World Cup begins on Thursday, June 14, 2018, when host Russia takes on Saudi Arabia. (AP Photo/Pavel Golovkin)

तर, एप्पल भने फिफाको उक्त एम्बुस मार्केटिङ भन्दा एकदम अघि देखिएकाे छ। ती हेडफोन र एअरबुट्समा एप्पलले आफ्नो लोगो राखेकै छैन। लोगो नै नभएका सामाग्रीहरु प्रयोग गर्दा फिफाको नियम मिचिने कुरै भएन। त्यसैले खेलाडीहरुले फिफा बन्धनकाे झन्झट बेहोर्नु पर्ने अवस्था छैन। र खेलाडीहरुले प्रयोग गरेको ग्याजेट देख्ने जो सुकैलाई सजिलै थाहा हुन्छ ती एप्पलका उत्पादन हुन् भनेर।Soccer Football - World Cup - England Arrival - Samara, Russia - July 6, 2018. Jesse Lingard and other team members arrive at a hotel. REUTERS/David Gray - UP1EE7619PPGU

सन् २०१४ मा फिफाले एम्बुस विज्ञापन भएको भन्दै लोगो अंकित हेडफोनहरुको प्रयोग गर्न खेलाडीहरुलाई प्रतिबन्ध लगाएको थियो। जसमा एप्पलका उत्पादनहरु पनि मारमा परेका थिए। लगत्तै एप्पलले नयाँ उपाय निकाल्दै लोगोरहित एअरपोड्सहरु सार्वजनिक गर्यो।

सुरूमा एप्पलले ‘अन्य उत्पादन’काे श्रेणीमा राखेर हेडफोनहरुको बिक्री बिवरण सार्वजनिक गर्दैन। तर, २०१६ मा सार्वजनिक भए यता एअरपोड्स एप्पलकाे सफल उत्पादनमध्ये एक हो।Rafael Marquez, center left, Javier Hernandez, center right, and their teammates disembark the plane as the Mexico national soccer team arrive at the Sheremetyevo international airport, outside Moscow, Russia, Monday, June 11, 2018 to compete in the 2018 World Cup in Russia. The 21st World Cup begins on Thursday, June 14, 2018, when host Russia takes on Saudi Arabia. (AP Photo/Pavel Golovkin)

विगतमा एप्पलले आफ्नो हेडफोनको प्रचारका लागि फुटबल खेलाडीको प्रयोग गरेको थियाे। याे पटक उसले विश्वकपमा कुनै पनि खेलाडी वा फिफालाई आधिकारिक प्रायोजन गरेको छैन। तर विश्वकपलाई लक्षित गरेर उसले ‘आइफोन एक्समा फुटबल कसरी खिच्ने?’ भन्दै भिडियो विज्ञापन भने बनाएको छ।Soccer Football - World Cup - Germany Arrival - Vnukovo International Airport, Moscow, Russia - June 12, 2018   Germany's Julian Draxler as they arrive in Moscow   REUTERS/Sergei Karpukhin - RC15CA059720

यहाँ केही खेलाडीहरुका तस्बिर छन्, जसले जारी विश्वकपका क्रममा एप्पलका सामाग्रीहरु प्रयोग गरिरहेका देखिन्छन्।Soccer Football - World Cup - Mexico Arrival - Sheremetyevo International Airport, Moscow Region, Russia - June 11, 2018 Mexico's Guillermo Ochoa walks upon the arrival. REUTERS/Tatyana Makeyeva - RC1B29B6D0E0

 

Soccer Football - World Cup - England Arrival - Samara, Russia - July 6, 2018. Kyle Walker and Danny Welbeck walk out of a bus as they arrive at a hotel. REUTERS/Dylan Martinez - UP1EE7616Q2FO

Soccer Football - World Cup - England Arrival - Pulkovo Airport, Saint Petersburg, Russia - June 12, 2018   England's Marcus Rashford during their arrival   REUTERS/Anton Vaganov - RC12A62FCE10

Lionel Messi, center right, Angel Di Maria, center left, and their teammates disembark the plane as the Argentina national soccer team arrive at Zhukovsky international airport outside Moscow, Russia, Saturday, June 9, 2018 to compete in the 2018 World Cup in Russia. The 21st World Cup begins on Thursday, June 14, 2018, when host Russia takes on Saudi Arabia. (AP Photo/Pavel Golovkin)

 

Brazil's Neymar leaves the hotel to board a bus in his way to the airport Airport in Kazan, Russia, Saturday, July 7, 2018. Brazil lost the quarterfinal against Belgium and leave the soccer World Cup. (AP Photo/Andre Penner)

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
Meet Television actresses who took break after embracing motherhood!
Meet Television actresses who took break after embracing motherhood!
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
वडा अध्यक्षको तलव सामाजिक कार्यमा
वडा अध्यक्षको तलव सामाजिक कार्यमा
जघन्य अपराधका घटना लगातार बढ्दै !
जघन्य अपराधका घटना लगातार बढ्दै !

तपाईंले छुटाउनुभयो कि?