‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश

सारांश

  • कैलाली ।
  • ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।
  • उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।

कैलाली । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।

हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए । स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी रहे ।

शनिबार धनगढीमा भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को संयोजक चयन गरेको छ । पार्टीका सहसंयोजक रविन्द्र मिश्रले हमाललाई प्रदेश संयोजक बनाउने प्रस्ताव राखेका थिए, जसलाई उपस्थितले सहमति जनाएका छन् ।

प्रदेश संयोजक बनेपछि हमालले सुदूरपश्चिमका सबै जिल्लामा पार्टी विस्तार गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?