गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • पाल्पा ।
  • पाल्पाको एक सामुदायिक विद्यालयमा सहुलियतमा सिभिल इञ्जिनियरिङ पढ्न पाउने भएपछि विद्यार्थी खुशी भएका छन् ।
  • स्थानीय रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएपछि विद्यार्थी खुशी भएका हुन् ।

पाल्पा । पाल्पाको एक सामुदायिक विद्यालयमा सहुलियतमा सिभिल इञ्जिनियरिङ पढ्न पाउने भएपछि विद्यार्थी खुशी भएका छन् । स्थानीय रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएपछि विद्यार्थी खुशी भएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्न लागिएको छ ।

सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन हुन लागेको बताए । विद्यालयका प्रिन्सिपिल जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई सिभिल इञ्जिनियरिङ पढाउन सकिने बताए ।

सिभिल इञ्जिनियरिङ पढाइ गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?