सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल

सारांश

  • विराटनगर १०,भदौ।
  • विराटनगरको  विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टंक भट्टराईको हत्याको आशंकामा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ ।
  • लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका विराटनगर महानगरपालिका ४ पुलचौकका अन्दाजी २५ वर्षीय सन्जय सहनीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगर का प्रमुख केदार रिजाल ले जानकारी दिएका छन्।

विराटनगर १०,भदौ। विराटनगरको  विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टंक भट्टराईको हत्याको आशंकामा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ । लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका विराटनगर महानगरपालिका ४ पुलचौकका अन्दाजी २५ वर्षीय सन्जय सहनीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगर का प्रमुख केदार रिजाल ले जानकारी दिएका छन्। घटनामा उनको संलग्नताका बारेमा आवश्यक अनुसन्धान र सोघपुछ गर्ने काम भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुरक्षागार्ड विराटनगर ४ पिपलचौकका भट्टराई को हार्डवेयर भित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते आइतबार फेला परेको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले यस घटनाको अनुसन्धान गर्ने क्रममा हार्डवेयरका संचालक निरभकुमार अग्रवाल सहित १२ जनामाथि पनि सोधपुछ गर्ने काम भइरहेको जनाएको छ । हार्डवेयरमा रहेको सिसीटिभीको फुटेजमा पनि ठेला चालक सहनीको भूमिका शंकास्पद रहेको देखिएको थियो । घटनाको भोलीपल्टदेखि उनी फरार रहेका थिए । प्रहरीले सिसीटिभी फुटेज नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको थियो । ‘सहनीले भदौ २ गते शनिबार साँझ ५ बजेदेखि नै सुरक्षा गार्ड भट्टराईको शंकास्पद रुपमा  पिछा गरिरहेको कुरा सिसीटिभी फुटेजले देखाएको छ।

घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘राति अवेर सम्म पनि उनी त्यही हार्डवेयर भित्रै शंकास्पद गतिविधी गरेर बसिरहेको र भोलीपल्ट विहान हत्या गरिएको अवस्थामा सुरक्षा गार्डको शव फेला पर्नुले घटनामा उनको संलग्नताको शंका गरिएको हो ।सोमबार दिउँसो ४ बजे सम्म विराटनगरमै रहेका उनी हत्यामा संलग्नको पहिचान गरेर कारवाही अघि बढाउनु पर्ने माग गर्दै मृतक भट्राईका आफन्तले सडक आन्दोलन गर्न थालेपछि भने फरार भएको प्रहरीको भनाइ छ। प्रदेश १ प्रहरी कार्यालयले घटनामा सहनी संलग्न छन् की छैनन? भन्ने बारे मै आवश्यक अनुसन्धान गरीसके पछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको बताए । ‘विशेष सूचनाका आधारमा उनीमाथि र अन्य १२ ,१३ जना शंकास्पद व्यक्तिहरु  माथि अनुसन्धान र सोधपुछ भइरहेको छ,’ रिजालले भने, उनको संलग्नता छ की छैन भन्ने बारेमा खुलिनसकेको कारण अहिले नै केही भन्न नमिल्ने र उनले घटनाको दोषी पत्ता लगाउने काम मा प्रहरी तीब्रताका साथ अनुसन्धान र सोधपुछ गर्ने काममा लागीरहेको ले हत्यारा पत्ता लागेपछि सबै कुरा सार्बजनिक गरिने बताए ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने हत्यामा संलग्न भएको आशंकामा सहनी लाई पक्राउ नगरिएको र अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको ले उनीपनि सुरक्षा गार्डको हत्या भएको घटनामा शंकास्पद देखीएको र अरु  १२ जना भन्दा धेरै माथि अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको छ । आइतबार समेत केही व्यक्तिमाथि सोधपुछ गरिए पनि कसैलाई पक्राउ भने गरिएको छैन,उनले भने, ‘हत्यामा यही व्यक्तिको संलग्नता छ भन्ने कुराको पुष्टि भइनसकेका कारण सोधपुछका लागि ल्याइएका व्यक्तिहरुका बारेमा सार्वजनिक नगरिएको हो । प्रहरीले गम्भीर रुपमा यस घटनाको अनुसन्धान गरिरहेका कारण कुनै कुराको निस्कर्षमा नपुगी केही भन्न नमिल्ने बताए ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?