मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्यो नि ?’-
सारांश
- काठमाडाैं ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यम गैरजिम्मेवार बन्दै गएको भन्दै आलोचना गरेका छन् ।
- उनले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यम गैरजिम्मेवार बन्दै गएको भन्दै आलोचना गरेका छन् । उनले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।,खवर नयाँ पत्रिका दैनिकले लेखेकाे छ ।
संचारमाध्यममा सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली भन्ने गरेको भन्दै उनले रोष प्रकट गरे । उनले सरकारका हर क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न संचार क्षेत्रलाई आग्रह गरे ।
मन्त्री बास्कोटाले भने,‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? अरुले जे गर्छन् त्यो मात्रै सक्कली हो ? त्यसो भए सक्कली र अपराधी कहाँ छ त लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनु पर्यो नि ? उलाई खोज्न जानुपर्यो । सक्कली को हो देखाइदिनुपर्यो नि ?’
प्रतिक्रिया