ओलीको निर्णयमाथि प्रश्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
६१ पटक हेरिएको
Shares
ओलीको निर्णयमाथि प्रश्न

सारांश

  • काठमाडौं, असोज १६ ।
  • चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ ।
  • भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति पार्टीको परामर्शमा मात्र गर्ने निर्णय भए पनि महत्वपूर्ण नियुक्ति एकलौटी ढंगले अगाडि बढाएको भन्दै विवाद बल्झिएको छ ।

काठमाडौं, असोज १६ । चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ । भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति पार्टीको परामर्शमा मात्र गर्ने निर्णय भए पनि महत्वपूर्ण नियुक्ति एकलौटी ढंगले अगाडि बढाएको भन्दै विवाद बल्झिएको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै परामर्श नै नगरी बेलायत र अमेरिकाको राजदूत नियुक्ति गर्न सिफारिस गर्ने निर्णय लिएका थिए ।

राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरू एकलौटी ढंगले गरेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्दा पार्टीलाई प्रधानमन्त्री ओलीले जानकारी नगराएको एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार पार्टीभित्र आन्तरिक विवाद समाधान गर्न बनेको समझदारी लत्याउँदै प्रधानमन्त्री अगाडि बढेपछि पुनः विवाद तिम्त्याएको छ । राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई थाहासम्म नदिएको प्रचण्डको सचिवालयले बताएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीजीले स्थायी कमिटीको निर्णय र पार्टीमा बन्दै गरेको सहमतिको भावनाविपरीत एकलौटी निर्णय गरेकाले अब बस्ने सचिवालय बैठकमा गम्भीरताको साथ उठ्ने बताउनुभयो । ‘छलफल पनि छैन, जानकारी पनि छैन, पार्टीले गरेको निर्णय त पालना गर्नुपर्ने हो।’ –उनले भने ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा सचिवालयमा भएको छलफल र दुई अध्यक्षको परामर्शमा गर्ने उल्लेख गरिएको छ । स्थायी समिति बैठक निर्णयको बुँदा ७ को उपबुँदा ७ मा सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारीरूपमा कार्यन्वयन गर्ने भनिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं
मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते