लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ

सारांश

  • लमजुङ प्रहरीले अनुमानित १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेको छ ।
  • हिमाली जिल्ला मनाङबाट सुनलाई झोलामा लिएर मोटरसाइकलमार्फत झर्दै गरेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
  • डिउटीमा खटिएका प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई बिहान पौने ११ बजेतिर सुनसहित पक्राउ गरेको हो ।

लमजुङ प्रहरीले अनुमानित १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेको छ । हिमाली जिल्ला मनाङबाट सुनलाई झोलामा लिएर मोटरसाइकलमार्फत झर्दै गरेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएका प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई बिहान पौने ११ बजेतिर सुनसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा आउँदै गरेका ती युवकलाई प्रहरीले चेकिङका क्रममा रोकेपछि मोटरसाइकल छोडेर भागेका थिए । ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको ट्राफिक प्रहरी जवान पूर्ण विकले बताए ।

प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टका अनुसार १७ थान सुन समातिएको हो । युवकले पनि सुन नै रहेको भनी बताएको र सामान्यतय एक थानमा एक किलो हुने गरेकाले अनुमानित १७ किलो होला भन्ने लागेको डिएसपी विष्टले जानकारी दिए । प्रहरीले विस्तृत विवरण भने बताएको छैन ।

प्रहरीका अनुसार मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको छ । उनले सुन बोक्न प्रयोग गरेको बा ५८ प ४२९१ नं. को टु टवान्टी पल्सर मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए । खुदीमा सुनसहित युवक समातिएपछि उनी खुदी पुगेका थिए ।

खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ मनाङ जाने बाटोमा पर्छ । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुनकाे भाउ
बढ्यो सुनकाे भाउ
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
यसरी बन्छन् ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री !
यसरी बन्छन् ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री !
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा
सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा

तपाईंले छुटाउनुभयो कि?