काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ७, २०७३
|
|
३०११ पटक हेरिएको
Shares
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली

सारांश

  • एमाले युवा नेता महेश बस्नेतले नाशा बुलेट क्लब द्वारा आयोजित काठमाडौ देखि नेपाल चाइनाको सिमाना मेतेरी पुल कोदारी सम्मको बाइक र्‍याली काठमाडौको तिनकुनेमा एक समारोहका बीच नेपालको झण्डा फहराएर उदघाटन गरेका छन।
  • आन्तरिक प्रयटन प्रबर्द्धन गर्ने लक्षका साथ नाशा बुलेट क्लबले बिगतमा रारा, पाथिभरा, केरुंग,मुस्ताङको र्‍याली गरिसकेको छ।
  • यो र्‍यालीले पनि आन्तरिक पर्यटनबढाउन सहयोग पुग्नेछ।

एमाले युवा नेता महेश बस्नेतले नाशा बुलेट क्लब द्वारा आयोजित काठमाडौ देखि नेपाल चाइनाको सिमाना मेतेरी पुल कोदारी सम्मको बाइक र्‍याली काठमाडौको तिनकुनेमा एक समारोहका बीच नेपालको झण्डा फहराएर उदघाटन गरेका छन।

आन्तरिक प्रयटन प्रबर्द्धन गर्ने लक्षका साथ नाशा बुलेट क्लबले बिगतमा रारा, पाथिभरा, केरुंग,मुस्ताङको र्‍याली गरिसकेको छ। यो र्‍यालीले पनि आन्तरिक पर्यटनबढाउन सहयोग पुग्नेछ। क्लबको अध्यक्ष प्रकाश लिम्बुले भने।

 

उदघाटन अगाडिको संक्षिप्त कार्यक्रममा सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले भने, पछिल्लो समय पर्यटन आगमन कम भएको तातोपानी क्षेत्रको बिकाशमा सहयोग पुग्नेछ। भुकम्प र जुरेको पहिरो पछी त्यो क्षेत्रमा सडक बिग्रेको कारण परेको नकारात्मक प्रभाव चिर्नुपर्नेछ र सडक ठिकछ तातोपानी जानुहोस भन्ने सन्देश दिनुछ। पुर्ब प्रधानमन्त्री केपी ओलीले चाइना सँग गरेको व्यापार तथा पारबहन सन्धि कार्यानवयन गरि प्रशान्त महासागर संग नेपालको पहुँच बडाउन पनि कोदारी तातोपानी, केरुंग लगाएत मार्ग निर्माण गर्न तिब्रता दिन आबस्यक छ।

 

चाइना सरकारको सहयोगमा धुलिखेल कोदारी ४ लेनको सडक बनाउन बिनियोजित ६ अर्ब रकम खर्च गराउन बर्तमान सरकारलाई दबाब दिन यो र्‍याली कामयाबी हुनेछ। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य याम कुमारी गुरुङ, २०१४ मिस नेपाल सुबिन लिम्बू, युबा संघ सचिबालय सदस्य रमेश आचार्य, युवा संघ नेपाल केन्द्रिय सचिवालय अमीत लामा, राष्ट्रिय युबा परिषदको कार्यकारी सदस्य क्षितिज थेवे, रोयल इनफिल्ड्का एच ओ मेघराज पौडेल लगाएतले आआफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?