आजको राशिफलमा यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
आजको राशिफलमा यस्तो छ

सारांश

  • २०७५ साल असोज १४ गते, आइतबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले काम बनाउन सकिनेछ।
  • बुद्धिको उपयोगले विद्या तथा धन आर्जन गर्न सकिनेछ।
२०७५ साल असोज १४ गते, आइतबार।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन गर्न सकिनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले लाभ उठाउने चेष्टा गर्नेछन्, गोपनीयतामा सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आफन्तको भरपर्दा काममा पछि पारिनेछ। अध्ययनमा पनि धेरै समय दिन नसकिएला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन जुट्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूका काममा अमूल्य समय बित्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। रोकिएको काम बनाउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। तत्काल ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ र पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन्, मनग्गे फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गरेका काम हुनेछन्। अभिभावक तथा शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। केही चुनौतीहरूसँग जुध्नुपरे पनि अवसरले काममा उत्साह जगाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। धन आर्जन प्रशस्तै हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?