मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
सारांश
- बुटवल, ८ असार ।
- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अंगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताउनु भएको छ ।
- बिहिबार बुटवल उपमहानगरपालिका वडा नं.
बुटवल, ८ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अंगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताउनु भएको छ ।
बिहिबार बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । चुनाव प्रचारको क्रममा बुटवल पुग्नुभएका वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक,सामाजिक,शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको दावी गर्नुभएको थियो ।
उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पु¥याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने काम समेत नेपाली कांग्रेसले पटकपटक सम्पन्न गरेको उदाहरण प्रस्तुत गर्दै मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।
वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले एमालेले भ्रमको खेती गरेको बताउँदै त्यसलाई चिरेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको थियो ।
बिहिबार बुटवलका ज्योतिनगर, आदर्शनगर, चिडिया खोला, दुर्गामन्दिर, अमरपथ लगायतका स्थानमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा घरदैलो अभियान सहित विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेका छन् ।
प्रतिक्रिया