कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !

सारांश

  • काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्।
  • कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले निर्वाचनमा पराजय बेहोरेका हुन्।
  • लेखकलाई वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे।

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्। कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले निर्वाचनमा पराजय बेहोरेका हुन्।

लेखकलाई वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याए।अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका भट्ट २०५२ सालदेखि राजनीतिमा सक्रिय छन्। २०५८ सालमा राष्ट्रिय परिषद सदस्य, २०५८ मा अनेरास्ववियु अध्यक्ष र २०६७ सालमा सम्पर्क समन्वयन कमिटीका सदस्य रहेका भट्ट सेना समायोजन विशेष समितिका सदस्य समेत थिए।

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

(blogs.20minutos.es)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै
कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
सरकारले सहुलियत दिएपछि इन्टरनेटको शुल्क नबढ्ने भयो
सरकारले सहुलियत दिएपछि इन्टरनेटको शुल्क नबढ्ने भयो
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
सडकले जोडियो अग्लो बस्ती मुठाचौर
सडकले जोडियो अग्लो बस्ती मुठाचौर