नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ ।
  • १६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।
  • सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ ।

१६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्नुभयो । सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त हो भन्नुभयो । समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उहाँले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वासआर्जन गर्न आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सङ्ख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै सङ्ख्या बढेसँगै गुणस्तर खस्किएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले निर्वाचन प्रणालीलाई आमूलपरिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताउनुभयो । प्रेस स्वतन्त्रता उल्लङ्घन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उहाँहरुको धारणा थियो ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान ग¥यो । उहाँहरुलाई मन्त्री बाँस्कोटाले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा महासङ्घद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गरियो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६० वटा घटनामा ७७ पत्रकार र पाँचवटा सञ्चार गृह प्रभावित भएको जनाइएको छ ।

प्रतिवेदनमा यसवर्ष मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कंदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको उल्लेख छ । त्यसैगरी गिरफ्तारीमा १२, बेपत्तामा एक, कब्जामा छ, आक्रमणमा १५, दुव्यवहार÷धम्कीमा २५ वटा घटना घटेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा केही कमी भए पनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अबस्थालाई सन्तोषजनक मान्ने नसिकने अवस्था नभएको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
आजको राशीफल
आजको राशीफल
प्रिमियर लिगमा लिभरपुलको सहज जीत
प्रिमियर लिगमा लिभरपुलको सहज जीत
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
कालिगण्डकी जलयात्राको मज्जा (फोटो फिचर)
कालिगण्डकी जलयात्राको मज्जा (फोटो फिचर)
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
सियारीमा ९५ प्रतिशत योजना सम्झौता
सियारीमा ९५ प्रतिशत योजना सम्झौता
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

तपाईंले छुटाउनुभयो कि?