३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द

सारांश

  • काठमाडौं २० मंसिर ।
  • तीन करोडभन्दा बढी बक्यौता नतिरेपछि सौर्य एयरलाइन्सको उडान बन्द भएको छ ।
  • एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्योता नतिरेपछि नियमित उडान बन्द गरिएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

काठमाडौं २० मंसिर । तीन करोडभन्दा बढी बक्यौता नतिरेपछि सौर्य एयरलाइन्सको उडान बन्द भएको छ । एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्योता नतिरेपछि नियमित उडान बन्द गरिएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

एयरलाइन्सले बक्यौता तिर्न बाँकी रकम करिब ३ करोड चुक्ता नगरेसम्म उडान हुन नदिने उनले बताए । सौर्यसँग हाल सिआरजे २०० सिरिजका दुईवटा जहाज रहेका छन् । एउटा जहाजले नियमित उडान भरिरहेको छ भने अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?