प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील

सारांश

  • ८ मंसिर, डोटी ।
  • पहिलो चरणको निर्वाचन अन्तरगत निर्वाचन हुने प्रदेश नं.
  • ७ का ४ जिल्लाहरुमा १ सय ४ मतदानस्थल अति संवेदनशील मानिएको क्षेत्रीय प्रशासन कार्यालय, राजपुरले जनाएको छ ।

८ मंसिर, डोटी । पहिलो चरणको निर्वाचन अन्तरगत निर्वाचन हुने प्रदेश नं. ७ का ४ जिल्लाहरुमा १ सय ४ मतदानस्थल अति संवेदनशील मानिएको क्षेत्रीय प्रशासन कार्यालय, राजपुरले जनाएको छ ।

‘जम्मा ४ सय २५ मतदान स्थलहरु रहेका छन्’, निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्टले भने, ‘यसमा हामीले १ सय ४ स्थललाई अति संवेदनशील केन्द्रका रुपमा हेरेका छौं ।’

बिष्टले १ सय २३ मतदान स्थलहरुलाई सम्वेदनशील र एक सय ९८ लाई सुरक्षाको दृष्टिले सामान्य मतदान स्थलका रुपमा राखिएको बताए । उनले भने, ‘अति संवेदनशील र संवेदनशील मतदान स्थलहरुमा सामान्य अवस्थामा भन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको छ ।’

‘हामीले तीन तहको सुरक्षा व्यवस्था मिलाएका छौं’, अनलाइनखबरसँग कुराकानी गर्दै बिष्टले भने, ‘पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहनेछन् ।’

उनले आवश्यकता अनुसार घुम्ती सुरक्षा टोली समेत खटाइएको जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रहरुमा बिहीबार साँझै कर्मचारीहरु पुगिसकेका छन् भने शुक्रबारदेखि मतदाता परिचय पत्र वितरणको कार्य भइरहेको छ ।

पहिलो चरणको निर्वाचन अन्तरगत परेका बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्लाका गरी ४ प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुँदैछ ।

चुनावी प्रतिस्पर्धामा प्रतिनिधिसभाका लागि २० र प्रदेशसभाका लागि ३५ गरी ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
बाँकेका ८० उम्मेदवारको जमानत जफत
बाँकेका ८० उम्मेदवारको जमानत जफत
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
लागू औषध गाँजा बरामद
लागू औषध गाँजा बरामद
​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो
​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो
निर्मला पन्त हत्या प्रकरण: आफ्नो हत्या हुन सक्ने भन्दै छानबिन समितिका सदस्यले दिए राजीनामा
शनिवार ७१० जना कोरोना संक्रमित थपिए
नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्

तपाईंले छुटाउनुभयो कि?