चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप

सारांश

  • बैतडी, १४ पुस ।
  • चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।
  •   जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् ।

बैतडी, १४ पुस । चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।  जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् ।

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्यचौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले बताए ।

यस्तै दशरथचन्द नगरपालिकाको देहीमाडौँ स्वास्थ्यचौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताए । जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाइ छ । साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनार्इ छ । चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
सन्तोषले सार्वजनिक गरे “काली” को भिडियो (हेर्नुहोस् भिडियो)
सन्तोषले सार्वजनिक गरे “काली” को भिडियो (हेर्नुहोस् भिडियो)
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –