बीमा कम्पनीका कर्मचारीलाई विदेश भ्रमणमा कडाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बीमा कम्पनीका कर्मचारीलाई विदेश भ्रमणमा कडाई

सारांश

  • काठमाडौं, १३ पुस ।
  • बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।
  • बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले अनुमति बिना विदेश भ्रमणमा जान नपाउने बताएको हो ।

काठमाडौं, १३ पुस । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले अनुमति बिना विदेश भ्रमणमा जान नपाउने बताएको हो ।

आफूखुसी विदेशमा भ्रमणमा जाने चलन बीमा कम्पनीहरुमा अत्यधिक देखिएपछि समितिले यस्तो निर्देशन जारी गरेको बताएको छ ।

बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए । विदेश भ्रमण गर्दा मुलुकलाई नै फाइदा नगर्ने र त्यसको बदलामा स्वदेशकै भ्रमण गर्दा पर्यटकीय क्षेत्रको थप विकास पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?