कैलालीमा एचआइभी विरुद्धको औषधि खाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कैलालीमा एचआइभी विरुद्धको औषधि खाँदै

सारांश

  • धनगढी, १ पुुस, कैलाली जिल्लामा एक हजार २६१ एचआइभी सङ्क्रमितले यो रोग विरुद्धको एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् ।
  • आर्थिक वर्ष २०७२/७३ मा ९९८, वर्ष २०७३/७४मा एक हजार १५४ र वर्ष २०७४/७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकोमा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको हो ।
  • जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ ।

धनगढी, १ पुुस, कैलाली जिल्लामा एक हजार २६१ एचआइभी सङ्क्रमितले यो रोग विरुद्धको एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा ९९८, वर्ष २०७३/७४मा एक हजार १५४ र वर्ष २०७४/७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकोमा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको हो ।

जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ ।

यस बाहेक गोदावरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गएको साउनदेखि एचआइभी सङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिनुभयो ।

एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ रहेको छ । वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको सङ्ख्या १०९ रहेको छ । यो रोगप्रति बढेको चेतनाका कारण सङ्क्रमितहरू पहिलेको तुलनामा खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिका कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआइभी एडस रोकथामको क्षेत्रमा कार्यरत एड्स हेल्थ केयर सेन्टरका माधव पन्तले बताउनुभयो ।

जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआइभी जाँच गरिएकोमा ११५ जना सङ्क्रमित फेला परेका थिए । गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकोमा २८ जना सङ्क्रमित फेला परेका छन् । एचआइभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले बताउनुभयो ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रम
स्वास्थ्य बीमा कार्यक्रम
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै
‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?