कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला

सारांश

  • काठमाडौं ८ चैत ।
  • पार्टीको नयाँ विधानप्रति असन्तुष्ट कांग्रेसका जिल्ला सभापतिले केन्द्रसँग समन्वय नगरी भेलाको तयारी गरेका छन्।
  • उनीहरूको भेला चैत २० देखि २५ भित्र गर्ने गृहकार्य भइरहेको छ।

काठमाडौं ८ चैत । पार्टीको नयाँ विधानप्रति असन्तुष्ट कांग्रेसका जिल्ला सभापतिले केन्द्रसँग समन्वय नगरी भेलाको तयारी गरेका छन्। उनीहरूको भेला चैत २० देखि २५ भित्र गर्ने गृहकार्य भइरहेको छ। कोषाध्यक्षको सम्मेलन चैत २८ देखि दुई दिन पोखरामा गर्ने तय भइसकेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

केन्द्रीय कार्यसमितिले विधान पारित गरेलगत्तै पार्टीका ५६ जिल्ला सभापतिले संयुक्त विज्ञिप्ति निकाली महासमिति बैठकमा उठेका कुरा विधानमा समेट्नुपर्ने माग गरेका थिए। केन्द्रको उक्त निर्णय नसच्याइए विशेष महाधिवेशन माग गर्न सक्ने चेतावनी उनीहरूले पार्टी नेतृत्वलाई दिएका थिए।

नेतृत्वले महासमिति सदस्यको भावनाविपरीत विधान केन्द्रीय कार्यसमितिबाट पारित गराएकाले भेला गर्न लागिएको जिल्ला सभापतिले जनाएका छन्। यसको अगुवाइ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी गरिरहेका छन्। पार्टीको निर्णयलाई कसरी लिने र अब कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल हुने उनले बताए।

‘हामीले २० देखि २५ गतेभित्र काठमाडौं वा सिन्धुपाल्चोकमा बैठक गर्ने तयारी गरेका छौं’, उनले भने, ‘हामीले उठाएका कुरा पार्टी नेतृत्वले सम्बोधन नगरेकै कारण हामीले यो सम्मेलन गर्न लागेका हौं।’

महासमिति बैठकको पूर्वसन्ध्यामा पनि जिल्ला सभापतिले नुवाकोट ककनीमा बैठक गरी विधानमा सामूहिक धारणा बनाएका थिए। उनीहरूले ककनी बैठकका निर्णय सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। उनीहरूले महासमिति बैठकमा पनि त्यही विषय उठाएका थिए। उनीहरूले केन्द्रीय नेता पनि तल्लो तहबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने, समानुपातिक कोटामा एक व्यक्तिलाई एकपटक मात्रै अवसर दिनुपर्नेलगायत माग राख्दै आएका छन्। नयाँ विधानले केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था गरेको छ।

फागुन १० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा विधान पारित गरेको थियो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले फरक मत लिखित रूपमा राखेका थिए। जिल्ला सभापतिले उक्त निर्णय सच्याउन माग गरेका थिए।

कोषाध्यक्षले भने नियमित रूपमा सम्मेलन गर्न लागेको बताएका छन्। यसको अगुवाइ गरिरहेका गोविन्द पुडासैनीले १३ औं महाधिवेशनपछि हरेक वर्ष चैतमा सम्मेलन गर्दै आएको सुनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबारको राशिफल
बिहीबारको राशिफल
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
२२ घन्टा काठमाडौंमा के-के गरे राहुल गान्धीले ?
रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते

तपाईंले छुटाउनुभयो कि?