मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २७, २०७९
|
|
३८ पटक हेरिएको
Shares
मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल

सारांश

  • नेपाल परिवार दल मधेश प्रदेश कमिटीको आयोजनामा जनकपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
  • भेलामा नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल र केन्द्रीय अध्यक्ष एकनाथ ढकाल सहभागि थिए ।
  • नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार रहेका ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए ।

नेपाल परिवार दल मधेश प्रदेश कमिटीको आयोजनामा जनकपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल र केन्द्रीय अध्यक्ष एकनाथ ढकाल सहभागि थिए । नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार रहेका ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुद पनि बलियो राष्ट्रियता, तीव्र विकास, सुशासन, कृषिमा आधुनिकरण, युवा रोजगार, नेपाली नागरिकहरूको एकता लगायत समान एजेन्डा नेकपा एमालेसंग मिलेकाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

साथै अहिलेको ५ दलिय गठवन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि एजेन्डा नभएको जिकिर गर्दै नेपाली जनताले अब स्थायी सरकार निर्माणका गरि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा एमालेलाई बहुमतले बिजय गराएर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको ढकालले बताए ।

एमाले नेत्तृत्वको सरकार नै अबको मुलुक परिवर्तन र मधेस प्रदेशको तीव्र बिकासको संवाहक भएको ढकालको दावी छ । ओली सरकारले अहिलेसम्मकै सबैभन्दा बढि बजेट मधेस पठाएर त्यसको प्रमाण पेश गरिसकेको उनको भनाइ छ । कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयोजक सन्तोष कुमार पौडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1xBet Azərbaycan: rəsmi saytın nəzərdən keçirilməs
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !
धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
उत्तम कृति विजेता खतिवडाको अनुकरणीय कार्य
उत्तम कृति विजेता खतिवडाको अनुकरणीय कार्य

तपाईंले छुटाउनुभयो कि?