गृहमन्त्रीको आदेशमा मन्त्रालयभित्रै थुनियो चिकित्सक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ असार ।
  •   गृहमन्त्री रामबहादुर थापाको आदेशमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा भोजराज अधिकारीलाई छापामार शैलीमा गृह मन्त्रालयमा लगेको खुलासा भएको छ ।
  • गत मंगलबार दिउँसो पहिले गलत रिपोर्ट बनाउन ट्रमा सेन्टर पुगेको एक समूहको काम नगरेको अभियोगमा गृहमन्त्री थापाको निर्देशनमा डा.

काठमाडौं, २९ असार ।  गृहमन्त्री रामबहादुर थापाको आदेशमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा भोजराज अधिकारीलाई छापामार शैलीमा गृह मन्त्रालयमा लगेको खुलासा भएको छ ।

गत मंगलबार दिउँसो पहिले गलत रिपोर्ट बनाउन ट्रमा सेन्टर पुगेको एक समूहको काम नगरेको अभियोगमा गृहमन्त्री थापाको निर्देशनमा डा.अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालयमा ल्याइएको उच्च स्रोतले जनाएको छ । भनेअनुसारको गलत रिपोर्ट नबनाएका डा.अधिकारीलाई गृहमन्त्रालयबाट फोन आयो । मन्त्रीले तुरुन्त आउन भन्नु भएको छ, भन्ने आदेश थियो ।

डा.अधिकारीले साधन नभएको कुरा सुनाएपछि १० मिनेटमा गृहको गाडी ट्रमा सेन्टर पुगेको थियो । मन्त्रीले भेटेरै केही कुरा गर्न खोजेका हुन् कि भनेर, उनी धक नमानी गृह मन्त्रालय प्रवेश गरे ।

३ बजेदेखि ५ बजेसम्म डा.अधिकारीलाई मन्त्री त के कसैले रेस्पोन्स गरेनन् । प्रहरीले ठाडो भाषामा भित्र बस्नुस् भने । ओपीडीमा बिरामी जाँचिरहेका डा.अधिकारी गृहमा भने धेरै बेर एक्लै परे । बन्द कोठाभित्र एसीसमेत खोलिदिएनन् । पछि ज्ञापनपत्र बुझाउन आएका सुकुम्वासीको नाम लिएर डा. अधिकारीले एसी खोल्न लगाए ।

निकैबरे कुरेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ आए । गर्जनपूर्ण भाषामा उनले फर्जी रिपोर्ट बनाउन दबाब दिए । जुन दबाब ट्रमा सेन्टरमा आएर दिउँसै एक समूहले दिइसकेको थियो ।

गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले धम्कीको भाषामा हामीले भनेको गर्नु भएन भने नराम्रो होला समेत भनेका थिए । अन्तिममा डा.अधिकारीले बोल्न अनुमति मागे । उनले ‘मेडिकल इथिक्स’भन्दा बाहिर नजाने र गलत रिपोर्ट बनाउँदिन भने । पछि बाहिरिने बेला गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले डा.अधिकारीको घर सोधे । दुबै चितवनका परे छन् ।

चितवन भन्नेवित्तिकै सुवेदीले कुरा मोडेर भने, ‘चितवन घर हो भनेको भए म नै उतै आउँथे नि डाक्टर’साव ।’ दबाब दिइएको कारण चैँ, द्वन्द्वकालमा घाइते भएको भनि द्वन्द्वका घाइतेको फर्जी रिपोर्ट बनाउनुपर्ने थियो । जसका लागि गृहमन्त्रीको पावरवालाहरू ट्रमा सेन्टर पुगे । डा.अधिकारीले फर्जी रिपोर्ट बनाउन ईन्कार गरेपछि उनलाई छापामार शैलीमा गृहमन्त्रालय लगिएको रहेछ । बेलुकी ६ बजे मात्रै डा.अधिकारीलाई छोडिएको थियो । वर्तमान सरकारका गृहमन्त्रीको यो असलियतबाट चिकित्सकहरू डराएका छन् ।

ट्रमाको ओपीडीमा अपाङ्गताको सर्टिफिकेटको लागि पनि जाँच हुँदै आएको छ । जसमा द्वन्द्वकालका वा अरुको पनि अपाङ्गता प्रतिशत थाहा पाउन जाँच हुन्छ । मंगलबार साढे १० बजेतिर चार जना द्वन्द्वका घाइतेहरूले फर्जी रिपोर्ट बनाउन दवाव दिएका थिए । डा. अधिकारीले ओपीडी टिकटमा भएको कुरा लेखिदिए । उनले नमिलेका कुरा एक्सरेबाट पनि प्रष्ट हुन्छन्, भनी राय दिए । भिडियोमा अरु पनि समस्या देखियो भने, तपाईहरूले राज्यबाट पाउने सुविधा बढ्न सक्छ समेत भनेको, सुनाए डा. अधिकारीले ।

जाँच गराइरहेका व्यक्तिले पहिले यति पाइरहेको छु, यो रिपोर्टले कति पाइएला भनि कुरा राखे ? आफू प्राविधिक समितिमा भएकाले कार्यविधिको पनि ज्ञान भएको डा. अधिकारीले सुनाए ।

खुट्टा गुमाएको मान्छेलाई उनले कार्यविधि अनुसारको सुविधा सुनाईदिए, ५५ देखि माथि जान्छ भनेर । अर्को मान्छेको पेटमा सामान्य घाउ थियो, अप्रेसन गरेको ।

‘कार्यविधिमा ज्यान बचाउनलाई अप्रेसन गरेको छ, भने खत हेरेर त्यसलाई १५ प्रतिशत मान्ने भन्नेछ’, डा. अधिकारीले भने, ‘कार्यविधिमा अपाङ्गता प्रतिशत एक देखि सयसम्म हुन्छ । त्यो कार्यविधि मन्त्रिपरिषदले नै पारित गरेर बनाएको हो । मैले त्यही अनुसार सबैलाई सुझाए ।’

खुट्टा भाँचिएर ठीक भइसकेको भए १० प्रतिशत मानिन्छ । गोलीको छर्रा एउटा लागेको भएपनि सय वटा लागेको भए पनि कार्यविधिमा १० मात्रै आउने भनि स्पष्ट लेखिएको डा.अधिकारीले जाँच गर्न आएकाहरूलाई बताएका थिए ।

(दैनिक नेपाल बाट)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kumar Raut

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
स्थानीय तहको मतगणना सुरु
स्थानीय तहको मतगणना सुरु
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
अन्तरास्ट्रिय महिलादिवशकाे अवसरमा महीला सम्मानित
अन्तरास्ट्रिय महिलादिवशकाे अवसरमा महीला सम्मानित
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी

तपाईंले छुटाउनुभयो कि?