यस्तो रहेछ ओली सरकार ढाल्ने योजना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
यस्तो रहेछ ओली सरकार ढाल्ने योजना

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका छन् ।
  • उनले आइतबार सरकार ढाल्ने खुलासा त्यतिबेला गरे जब सरकारले दुई वर्ष कार्यकाल पूरा गरेको एक दिनमात्र बितेको थियो ।

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका छन् । उनले आइतबार सरकार ढाल्ने खुलासा त्यतिबेला गरे जब सरकारले दुई वर्ष कार्यकाल पूरा गरेको एक दिनमात्र बितेको थियो ।

संविधान अनुसार अब सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । देशका राजनीतिक अस्थिरता बढेको भन्दै संविधानमै कुनैपनि सरकार दुई वर्ष पूरा नभई अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने प्रावधान राखिएको छ । ओली सरकार दुई वर्ष पूरा भएकाले अब अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि ओली स्पष्ट बहुमतको अवस्थामा छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी पूर्ण बहुमतमा छ । पार्टी्भित्र संसदीय दलमा पनि ओली बहुमतमा छन् । तर, यति भन्दैमा अब ओली दुई वर्ष जसरी ढुक्क थिए अब ढुक्क हुने अवस्था छैन ।

ओलीलाई पाँच वर्ष पूरा कार्यकाल दिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । तर, प्रचण्डकै भूमिकाले ओलीलाई बेला बेलामा झस्काउने गर्छ । प्रचण्ड आफैमा चतुर खेलाडी हुन् ।

ओली सरकारलाई अहिले कसैबाट खतरा छ भने प्रचण्डबाट मात्र छ । प्रचण्डले जबसम्म साथ दिन्छन् तबसम्म ओली सरकार आरामदायी बहुमतका साथ अगाडि बढ्छ । तर, प्रचण्डले कथंकदाचित् चलखेल गरेमा ओली सरकार ढल्ने अवस्था नबन्ला भन्न सकिदैन ।

नेकपाभित्र ओलीले पूर्व एमालेलाई एउटै ठाउँमा ल्याउन खोजिरहेका छन् । बासुँरी र सारङ्गी कुटनीतिको सन्देश यही हो । ओलीले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग एक्ला एक्लै छलफल गरिसकेका छन् । खनाल, नेपाल र गौतम ओलीसँग असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय सम्बन्धमा केही सुधार भएको छ । गौतमलाई उपाध्यक्ष बनाएर ओलीले चुप लगाएका छन् । तर, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको चाहना ओलीले पूरा गरिदिएनन् । यसबाट उनी सन्तुष्ट छैनन् ।

गौतम नेकपाभित्र तेस्रो शक्तिशाली देखिदै गएका छन् । उनीसँग स्थायी समितिका अलावा संसदीय दलमा पनि ओली र प्रचण्ड पछि बलियो पकड छ । गौतमले प्रचण्डलाई साथ दिएमा ओली अप्ठ्यारोमा पर्न सक्छन् । त्यसमाथि माधवकुमार नेपाल टाढिएमा झन् समस्या पर्न सक्छ । यस्तो माहोल बन्न नदिन ओली चार्तुयतापूर्वक लागिपरेका छन् ।

अहिले नेकपाभित्र अमेरिकी विकाससम्बन्धि एमसीसीको विषय पेचिलो बनेको छ । नेकपाभित्र प्रभावशाली नेतामध्ये ओलीबाहेकका नेता यसको पक्षमा कित खुलेका छैनन् कि त विरोधमा छन् । यसले ओलीलाई असजिलो पार्नसक्छ । संसदबाट एमसीसी पारित नभए ओली सरकार नै धरापमा पर्न सक्छ । यसकारण पनि ओलीले एमसीसी असफल बनाएर सरकार ढाल्ने षड्यन्त्र भएको संकेत गरेका हुन् ।

ओलीलाई सत्ताबाट हटाउन शक्तिकेन्द्रहरु लागेको विषय पनि चर्चामा छ । स्वयं उनले शक्तिकेन्द्रहरु लागेको बताएका छन् । ती शक्तिकेन्द्र देशभित्रका हुन् या बाहिरका हुन् स्पष्ट छैन । तर, ओलीले आफू नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भएको खुलाउनुले केही न केही पाकिरहेको संकेत गरेको छ । आउँदा दिनहरु ओली सरकारका लागि चुनौतीपूर्ण बनेकोछ । त्यो चुनौती कमजोर प्रतिपक्ष नेपाली काँग्रेसबाट नभएर ओलीका नेकपाभित्रका प्रतिष्पर्धीहरुबाट रहेको छ ।(

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस
संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
धुलिखेल अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित महिलाको मृत्यु
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

तपाईंले छुटाउनुभयो कि?