बढ्यो भारततर्फको निर्यात

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बढ्यो भारततर्फको निर्यात

सारांश

  • भारततर्फ नेपालको निर्यात बढेको छ ।
  • चालू आवको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो ।
  • नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ ।

भारततर्फ नेपालको निर्यात बढेको छ । चालू आवको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो । नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ ।

चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ । गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा रु सात खर्ब ६४ अर्ब ३० करोड थियो । चालू आवमा चीनतर्फ १९ दशमलव नौ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को असोज मसान्तसम्म भारततर्फ रु २७ अर्ब १७ करोड बराबर निर्यात भएको हो । भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वे्दिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ भने चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

तीन महिनामा कूल वस्तु आयात १० दशमलव शून्य तीन प्रतिशतले घटेर रु तीन खर्ब ३४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव शून्य छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव शून्य दुई प्रतिशत र १९ दशमलव शून्य एक प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११ दशमलव शून्य छ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

आव २०७६÷७७ को तीन महिनासम्ममा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले सङ्कुचन भई रु तीन खर्ब सात अर्ब ७८ करोड रहेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव शून्य एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव शून्य चार प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ
तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
सरकार डा. केसी वार्ता भंग
सरकार डा. केसी वार्ता भंग
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा

तपाईंले छुटाउनुभयो कि?