अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३० पटक हेरिएको
Shares
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् ।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए । उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको सुनाए ।

समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उनले दस प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असाहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शयया निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए । “कुनै बेला यही वीर अस्पतालले दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको थियो ।” उनले भने, “अहिले उत्साहजनकरुपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरुलाई धन्यवाद दिन चाहान्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरुको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले अशल अभिभावको भूमिका खेल्नेछु ।” कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गरेका थिए ।

हाल वीर अस्पतालका सात शयया विपन्नका लागि निःशुल्क गरिएको छ । ओपिडी सेवा बिहान ०८ बजेदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाए । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसियुको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाए ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले १५ शययाबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शयया सञ्चालन हुन थाले पनि सोअनुसार बजेट बृदि हुन नसकेको बताए । चालु आर्थिक वर्षमा अस्पतालका लागि रु ७३ करोड मात्र बजेट विनियोजन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

five Moments That Essentially Summarize Your Korean language Mail Buy Wives at khersonbrides Competence.
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज

तपाईंले छुटाउनुभयो कि?