बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७८
|
|
२५ पटक हेरिएको
Shares
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना

सारांश

  • धर्मगुरु आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा एकदिवसीय समथ तथा विपश्यपना ध्यान सम्पन्न भएको छ ।
  • आइतवार काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा भएको ध्यान कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो ।
  • ध्यान साधनामा सहभागि धर्मावलम्वीले कार्यक्रम एकदमै उपलव्धिमूलक रहेको बताए ।

धर्मगुरु आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा एकदिवसीय समथ तथा विपश्यपना ध्यान सम्पन्न भएको छ । आइतवार काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा भएको ध्यान कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो । ध्यान साधनामा सहभागि धर्मावलम्वीले कार्यक्रम एकदमै उपलव्धिमूलक रहेको बताए । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा वज्रधार लघु प्रार्थना, परिणाम्न प्रणिधान, बुद्धका १२ चरित्र स्तुति, सर्वज्ञ पाँचौ श्यामरपाद्वारा रचित सुदूर गुरु अध्येषणा लगायत पाठ गरिएको थियो ।

धर्मगुरु आचार्य कर्मा साङ्बोले प्रत्येक महिनाको पूर्णिमा दिन ध्यान कार्यक्रम गर्ने गरी गत महिनादेखि समथ तथा विपश्यपना ध्यान सुरु गर्नु भएको हो । अघिल्लो महिनाको ध्यान कार्यक्रम बौद्धमा आयोजना भएको थियो । अब प्रत्येक महिनाको पूर्णिमामा एक पटक बौद्ध र स्वयम्भूमा ध्यान साधना गरिने आचार्य कर्मा साङ्बोले जानकारी दिनुभयो ।

समथ तथा विपश्यपना साधनाको गर्नुको उद्देश्य गौतम बुद्धले दिनु भएको ज्ञान, दर्शन र ध्यानलाई आम सर्वसाधारणमा पुर्याउनु रहेको आचार्य कर्मा साङ्बोको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?