पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै

सारांश

  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ ।
  • पुलको बीच भाग नै भत्किएपछि आवत(जावत ठप्प छ ।
  • अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत(जावत ठप्प छ ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार(पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर(लुभु जोड्ने मुख्य सडकको पुल निर्माण पूरा नहुँदा दशौं हजारलाई नाकाबन्दी लागेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले अस्थायी आवागमनका लागि राखिएको ढलभन्दा निकै माथि पानीको सतह पुगेपछि वडा नम्बर ७,८,९ र १० का बासिन्दा खोला वारपार गर्न पाएका छैनन् । शुक्रबार विहान अस्थायी कलभर्ट तरेर गएकाहरु साँझ घर फर्कन सकेनन् । फर्केर आफन्तकोमा बस्न पुगे । कोही वैकल्पिक मार्ग खोज्दै हिंडे ।

यसै आर्थिक वर्षभित्र सम्पन्न भइसक्नुपर्ने पुल विभिन्न बहानामा पूरा हुन सकेको छैन । पुलको तल्लो पिलर मात्र जोडिएको छ । ग्वार्को लामाटार सडक खण्डको गोदावरी खोलाको पुल नबन्दा गत वर्ष पनि जीप बगाएको थियो । यस वर्ष पनि बगाउन लागेको जीपलाई स्काभेटरको सहायताले निकालियो ।

पुल समयमा नबन्दा स्थानीयवासी जनप्रतिनिधिहरुसँग आक्रोशित भएका छन् । उनीहरुले कामभन्दा कुरा धेरै गरेको भनी असन्तुष्टि पोखेका छन् ।

सिद्धिपुरबाट बिसनडोल हुँदै लुभु जाने वैकल्पिक मार्ग पनि निर्माणाधीन भएकाले हजारौं बासिन्दालाई आवतजावत गर्न कठिनाई परिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
लुम्बिनीमा बुद्धिष्ट मार्ट
लुम्बिनीमा बुद्धिष्ट मार्ट
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा
कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
कांग्रेसमा विवाद बल्झियो, विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी
कांग्रेसमा विवाद बल्झियो, विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !

तपाईंले छुटाउनुभयो कि?