अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा

सारांश

  • अमेरिकाले सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।
  •   अमेरिकी सरकारले आक्रमणका बारेमा सूचना दिने व्यक्तिलाई ५० लाख डलर(झण्डै ५० करोड नेपाली रुपैयाँ) प्रदान गर्ने घोषणा गरेको छ ।
  • लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो ।

अमेरिकाले सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।  अमेरिकी सरकारले आक्रमणका बारेमा सूचना दिने व्यक्तिलाई ५० लाख डलर(झण्डै ५० करोड नेपाली रुपैयाँ) प्रदान गर्ने घोषणा गरेको छ । लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई (२६/११) घटनाका नामले पनि चिनिन्छ ।

द टाइम्स अफ् इन्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयले मुम्बई आक्रमणमा संलग्न आंतककारीका बारेमा सूचना दिनका लागि इमेल र फोन नम्बर सार्वजनिक गरेको छ । त्यस्तै आक्रमणकारीका बारेमा नजिकको अमेरिकी दूतावासमा गएर क्षेत्रीय सुरक्षा अधिकृतलाई भेटेर  जानकारी दिन सकिन्छ । अमेरिकाले रिवार्ड्स फर जस्टिस अन्तर्गत यो पुरस्कारको घोषणा गरेको हो । अमेरिकाले यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच सिंगापुरमा भएको भेटघाटपछि उठाएको हो ।

भारत  लश्कर–ए–तैयबाका संस्थापक हाफिज सइदलाई मुम्बई आक्रमणका मुख्य योजनाकार भएको बताइन्छ । भारतीय सुरक्षा एजेन्सीले पाकिस्तानलाई यसको बारेमा प्रमाण दिइसकेको पनि छ । तर पाकिस्तानले भने कुनै कदम नचालेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड
केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड
आइतवार ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…
भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त

तपाईंले छुटाउनुभयो कि?