आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

सारांश

  • काठमाडौं ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४०औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार जेनेभा जाँदैछ् ।
  • नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो ।

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४०औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार जेनेभा जाँदैछ् । नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो ।

यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा सहभागी हुने तथा १४ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

फागुन १६ गते स्वदेश फर्कनुअघि मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जाँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?