प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा

सारांश

  • काठमाडौं, ३१ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठक तथा सार्वजनिक कार्यक्रममा समेत सरकारमाथि नियोजित आक्रमण भइरहेको भन्दै आक्रमणबाट रक्षामा उत्रन आव्हान गरिरहेका छन् ।
  • सरकारले राम्रो काम गरे पनि चौतर्फी आक्रमण भइरहेकाले अब ओली एक्सनमा जाने तयारीमा रहेको स्रोतले बतायो ।

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठक तथा सार्वजनिक कार्यक्रममा समेत सरकारमाथि नियोजित आक्रमण भइरहेको भन्दै आक्रमणबाट रक्षामा उत्रन आव्हान गरिरहेका छन् । सरकारले राम्रो काम गरे पनि चौतर्फी आक्रमण भइरहेकाले अब ओली एक्सनमा जाने तयारीमा रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले सांसद र नेता तथा कार्यकर्ता भेटको कार्यतालिका बताइसकेका छन् । उनले हरेक महिनाको १ र १५ गते नेता तथा कार्यकर्तासँग छलफल गर्दै आएका छन् भने हरेक शुक्रबार प्रदेशअनुसार सांसदसँग छलफल गरिसकेका छन् । यस क्रममा प्रधानमन्त्री ओलीले हालसम्म ३ वटा प्रदेशका सांसदसँग भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबारसम्ममा सबै मन्त्री र सचिवलाई भेट गरिसकेका छन् । प्रधानमन्त्रीको भेटघाट अरु भन्दा भिन्न देखिएको छ । प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुलाई ५० दिनको कार्यतालिका बुझाउन निर्देशन दिएका छन् । सो अनुसार शनिबारसम्म सबै मन्त्री र सचिवले आफूले गर्ने कामको विवरण र समयसीमा प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

प्रधानमन्त्रीले फेरि ५० दिनपछि अहिले बुझाएको कार्यतालिका अनुसार कामको प्रगति विवरण माग्ने भएका छन् । सरकारमाथि धेरैतिरबाट नियोजित आक्रमण भएपछि प्रधानमन्त्री यसरी एक्सनको तयारीमा जुटेका हुन् । अब मन्त्री र सचिवहरुले मिठा कुरा होइन काम गरेको विवरण प्रधानमन्त्रीलाई पेश गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?