कर्मचारी समायोजन प्रक्रिया शुरू

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २४ मंसिर।
  • मुलुकमा संघीयता लागू भएपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ।
  • सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो।

काठमाडौं, २४ मंसिर। मुलुकमा संघीयता लागू भएपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ। सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो। राष्ट्रपतिले सो अध्यादेश आइतबार प्रमाणीकरण गरेकी हुन्।

अध्यादेश लागू भए सँगै निजामती तर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरि करिव १ लाख६ हजार कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सामेल गराउने गरी कार्य प्रारम्भ गरिएको छ। अब देशभरका तिनवटै तहको संगठन संरचना र दरवन्दिको अन्तिम टुंगो लगाइने छ । त्यसपछि सफ्टवेयर मार्फत सबै कर्मचारीको विवरण वेभसाइटमा सार्वजनिक गरि समायोजन प्रक्रियामा सामेल हुन आह्वान गरिने भएको छ। यो प्रक्रियाहरु सोमबार देखि नै थालिने सचिव थपलियाले जानकारी दिए । समायोजन अध्यादेश अनुसार प्रदेश र स्थानीय तहमा रहने सबै पदहरुलाई तहगत रुपमा मिलान गरिने छ।

तहगत रुपमा कर्मचारी समायोजन गर्दा निश्चित योग्यता पुगेकालाई एक तह बढुवा गरिने छ तर स्वतह बढुवा भने हुने छैन् । प्रदेश र स्थानीय तहमा समायोजन भएर जानेलाई निश्चित प्रतिशतमा वृत्ति विकासको अवसर सुनिश्चित गरिएको छ । यसैगरि ग्रेड वृद्धिको व्यवस्था गरिएको छ । प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन नवन्दा सम्म समायोजन हुने सबै कर्मचारी केन्द्रिय निजामती सेवा ऐन अनुसार नै सञ्चालन हुने छन् । प्रदेश निजामती र स्थानीय सेवा ऐन बनेपछि भने कर्मचारीहरु ती ऐन अनुसार नै सञ्चालित हुने व्यवस्था समायोजन अध्यादेशमा गरिएको छ । अन्तर सेवा तथा खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?