देशभर कोरोना संक्रमणबाट बितेको २४ घन्टाभित्र ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, १६ साउन ।
  • बितेको २४ घन्टा भित्र देशभर कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् ।

काठमाडौ, १६ साउन । बितेको २४ घन्टा भित्र देशभर कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् । मृतक मध्ये ३ पुरुषको विरगञ्जमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो । महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको हो ।

पाटन अस्पतालमा आज कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । ६५ वर्षिया ललितपुरकी महिलाको शुक्रबार बिहान पाटन अस्पतालमा निधन भएको अस्पतालले जनाएको हो । स्टार अस्पतालबाट कोरोना पोजेटिभ देखिएपछि साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । हिजो राति विरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ५६ वर्षका मुटुका रोगी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत, नगवालका ३५ वर्षिय पुरुष र छपकैयाका ६५ वर्षिय पुरुष रहेका थिए । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ५६ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?