काँग्रेस उपसभापतिमा भारती
सारांश
- नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
- जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
- सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ ।
नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो ।
बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया