काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?
सारांश
- काठमाडौं, माघ १७ ।
- हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाएपछि बुधवार काठमाडौं उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।
- बिहान हुस्सु लागेको र आकाशमा हल्का बादल पनि देखिए पनि केही दिनभित्र पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, माघ १७ । हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाएपछि बुधवार काठमाडौं उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।
बिहान हुस्सु लागेको र आकाशमा हल्का बादल पनि देखिए पनि केही दिनभित्र पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबारको काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस गरिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया