सातौँ निर्वाचन दिवस मनाउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
५० पटक हेरिएको
Shares
सातौँ निर्वाचन दिवस मनाउने तयारी

सारांश

  • काठमाण्डौं ।
  • निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ ।
  • ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।

काठमाण्डौं । निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ ।

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।

दिवसका दिन आयोगको कान्तिपथस्थित परिसरमा हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् । आयोगका लागि यो वर्ष निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ । गत वैशाख ३० गते स्थानीय तह तथा मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालच देखाई क्रीस्चियन धर्म लिन बाध्य पार्ने पक्राउ !!!
लालच देखाई क्रीस्चियन धर्म लिन बाध्य पार्ने पक्राउ !!!
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा
स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा
काठमाडौँ उपत्यकामा आजसम्मकै बढी ३०१ जना कोरोना संक्रमित थपिए
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
हंशपुरमा विजयी भएपछि राजपाको खुशी
हंशपुरमा विजयी भएपछि राजपाको खुशी
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’