चीनमा गत महिना कोइला आयातमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चीनमा गत महिना कोइला आयातमा वृद्धि

सारांश

  • बेइजिङ, चीन,२७ साउन ।
  • चीनको कोइला आयातमा गत जुलाईमा फेरि वृद्धि देखिएको छ ।
  • जुलाईमा मुलुकका अधिकांश स्थानहरूमा गर्मी बढ्को र विद्युतको मागमा पनि वृद्धि आएपछि विद्युतका लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा कोइला आयात दरमा केही वृद्धि देखिएको हो ।

बेइजिङ, चीन,२७ साउन । चीनको कोइला आयातमा गत जुलाईमा फेरि वृद्धि देखिएको छ ।
जुलाईमा मुलुकका अधिकांश स्थानहरूमा गर्मी बढ्को र विद्युतको मागमा पनि वृद्धि आएपछि विद्युतका लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा कोइला आयात दरमा केही वृद्धि देखिएको हो ।
चीनले जुलाईमा दुई करोड ९० लाख टन कोइला भित्राएको र यो अन्य महिनाको तुलनामा ४९ प्रतिशतले बढी हो । मासिक रूपमा खपत हुने कोइलाको सन् २०१४ पछिको यो नै सबैभन्दा बढी खपतदर हो, चिनियाँ भन्सारको सामान्य प्रशासन विभागको तथ्याङ्कमा उल्लेख छ ।

आयात वृद्धिसँगै जुलाईभरमा चीनले १७ अर्ब ९० करोड चिनियाँ युआन (दुई अर्ब ६० करोड अमेरिकी डलर) बराबरको थप बजेट कोइला आयातमा खर्चिएको तथ्याङ्कमा छ ।
चीनले पछिल्लो समय कोइलाको प्रयोगलाई वैकल्पिक उर्जाको प्रयोगद्वारा घटाउने प्रयास गरिरहेको छ । यद्यपि सन् २०१७ सम्ममा पनि देशको ६०.४ प्रतिशत विद्युतका लागि अझैपनि कोइलाको प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?