कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत

सारांश

  • लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार/’p- बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो ।
  • बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि ९एसएपीडीसी० लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ ।

लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार/’p- बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि ९एसएपीडीसी० लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ ।

सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिनुभयो ।

सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिनुभयो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,
एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन