जिसस प्रमुख, मेयर, अधिकृत स्कुलको बसमा जन्ती हिडेपछि …

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जिसस प्रमुख, मेयर, अधिकृत स्कुलको बसमा जन्ती हिडेपछि …

सारांश

  • अस्बिन खड्का, वैशाख २९- विद्यार्थी चढ्ने स्कुल बसमा जन्ती बोकेर हिडेपछि ट्रफिक प्रहरीले कार्वाही गरेको छ ।
  • विराटनगर कोशी विद्या मन्दिरको दुईवटा बस र भ्यानमा विवाहका लागि प्रयोग गर्दा दुरुपयोग भएकोे भन्दै प्रहरीले कार्वाही गरेको हो ।
  • सोही विद्यालयका सञ्चालक रहेका विश्वास पोख्रेलको विवाहमा स्कूल बसमा जन्ती लिएर दुलहीको घर झापाको विर्तामोड पुगेका थिए ।

अस्बिन खड्का, वैशाख २९- विद्यार्थी चढ्ने स्कुल बसमा जन्ती बोकेर हिडेपछि ट्रफिक प्रहरीले कार्वाही गरेको छ । विराटनगर कोशी विद्या मन्दिरको दुईवटा बस र भ्यानमा विवाहका लागि प्रयोग गर्दा दुरुपयोग भएकोे भन्दै प्रहरीले कार्वाही गरेको हो ।

सोही विद्यालयका सञ्चालक रहेका विश्वास पोख्रेलको विवाहमा स्कूल बसमा जन्ती लिएर दुलहीको घर झापाको विर्तामोड पुगेका थिए । विवाहमा लगिएको सरकारी गाडीमा नगरपालिका प्रमुख, सरकारी कार्यालयका अधिकृत र जिल्ला समन्व्य समितिका संयोजक समेत सहभागी थिए । विवाहका लागि को १ क ११६६, ना ७ क ५७५८ नम्बरका बस र को १ च ६८८८ नम्बरको स्कूल बसले जन्ती लगेर गएको थियो ।

पहेंलो रंगको विद्यार्थी बोकेर गएको बसलाई विराटनगर ट्राफिक प्रहरीले भने कार्वाही गरेन । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बेहुली लिएर फर्कदै गर्दा स्कूल बस नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लक्ष्मीपुर चेकपोष्टमा खटिएको ट्राफिक प्रहरीको टोलीले जन्ती सहितको स्कूल बसलाई नियन्त्रणमा लिएर कारवाही गरेको ट्राफिक प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । ‘ट्राफिक नियम उल्लङ्घन गर्दै नम्वर प्लेट नै नभएको स्कूल वसमा जन्ती बोकेर विराटनगर जाँदै गरेको पाइएपछि कारवाही गरिएको हो’ उनले भने ।

ट्राफिक प्रहरीले नम्वर प्लेट नभएको स्कूल बसलाई अस्थायी नम्बर प्रिन्ट गर्न लगाएर जरिवाना तिराएर छाडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
देशलाई फेरि मध्यावधि चुनावमा लाने प्रयास
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार
लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार
मंगलबार सार्वजनिक बिदा
मंगलबार सार्वजनिक बिदा
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
राष्ट्रपति निर्वाचनमा मतदान शुरु
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?