जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले जेजस्तो विरोध आए पनि सरकार सामना गर्न तयार रहेको बताएका छन् ।
- उनले देशमा रहेको भूमि समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेजस्तो विरोध आए पनि सरकार सामना गर्न तयार रहेको बताएका छन् । उनले देशमा रहेको भूमि समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
मोरङका जनप्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले जनताकै हितमा काम गर्ने दाबी गरे ।
“यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गा समस्या समाधान गर्न माग गरेका छन् ।
प्रधानमन्त्रीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै त्यस क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए । सँगै रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी भैरहेको बताइन् ।
मोरङका जनप्रतिनिधिहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न सांसद घनश्याम खतिवडाको नेतृत्वमा सांसद पुगेका थिए ।
प्रतिक्रिया